Ads

चुनाव नजिकिएसंगै दलहरुको दौडधुप, प्रचार प्रसार र कार्यक्रममा एमाले अघि


काठमाण्डौ । आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनको मिति नजिकिएसंगै विभभिन्न राजनीतिक दलका नेताहरुको व्यवस्तता बढिरहेको छ ।

यो संगै चुनावी प्रचार प्रसार पनि बढिरहेको छ । चुनाव केन्द्रीत गरेर सक्ता गठबन्धनका दलहरु सहमति जुटाएर निर्वाचनमा जाने तयारी बैठक बसिरहेका छन् । तर सहमति जुट्न नसक्दा असहज भईरहेको छ ।

यसैगरी जुटेका सहमतिमा पनि स्थानीय नेता तथा कार्यकर्ताहरुले असहमति जनाउँदै सामुहिक राजिनामा देखी असन्तुष्टि पोख्नेसम्म भईरहेको छ ।

चुनाव केन्द्रीत अभियान र प्रचार प्रसारलाई तिव्रता दिएको नेकपा एमालेको देशभर कार्यक्रम, पार्टी प्रवेश लगाएतका गतिविधि बढिरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली अहिले देशका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागि भईरहेका छन् । ओली एकै दिन २ वटा भन्दा बढि कार्यक्रममा समेत सहभागि भईरहेका छन् ।

अन्य नेताहरु पनि जिल्ला र पालिका स्तरमा हुने कार्यक्रममा सहभागि भईरहेका छन् । मतदाताको बीचमा आफ्ना एजेण्डा लिएर पुगिरहेको एमाले प्रति मतदाताको आकर्षण पनि बढिरहेको छ ।

यसैक्रममा मधेसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रामक ढङ्गले पार्टी विस्तारलाई तीव्र बनाइरहेका बेला शनिवार सर्लाही सदरमुकाम मलंगवा पुगेका छन् ।

मलंगवामा आयोजित कार्यक्रममा सर्लाहीको कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवसहित विभिन्न स्थानीय तहका १८जना वडाध्यक्ष एमालेमा प्रवेश गरेको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईँले बताए ।

सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका पूर्व पोलिटव्यूरो सदस्य केशव ढुंगाना, बसबरिया गाउँपालिकाका अध्यक्षका प्रत्याशी रामविश्वास राय लगायतका नेताहरू पनि एमाले प्रवेश गरेका छन् ।

एमालेमा दुई पटक सर्लाही जिल्ला प्रमुख भएका ढुंगाना माओवादी शान्ति प्रक्रियामा आएपछि उक्त पार्टीमा समावेश भएका थिए ।

शनिवार एमालेमा फर्किँदै ढुंगानाले अब बाँकी जीवन एमालेको उत्थानमा लगाउने बताए ।

Ads

सम्बन्धित पोष्टहरू