काठमाडौं । नाबालिग गायिकाले आज(आइतबार) अदालतमा बयान फेरेकी छन् । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेकी उनले आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभए भन्दै आफ्नो बयान फेरेकी हुन् ।
नाबालिग गायिकाले अरूले उकासेकै कारण जबरजस्ती करणीको मुद्धा जाहेर गर्न पुगेको दाबी गरेकी छन् । आफूलाई पलले करणी नगरेको भन्दै बयान फेरेको पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीले बताएका छन् । जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन अझै बाँकी छ ।
नाबालिग गायिका होस्टाइल बनेसँगै मुद्दामा पलको परिवारले गायिकाको परिवारलाई बयान फेर्न प्रेरित गरेको आशंका सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्