काठमाडौं । सत्ता गठबन्धनको बैठक आज(सोमबार) पनि निष्कर्षविहीन भएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि भागबण्डाको विषयमा छलफल गर्न बसेको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवासमा बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेतासहित बसेको अनुगमन समितिको बैठकमा सहमती हुन नसकेपछि केहि समयमा फेरि बैठक बस्ने गरी स्थगित भएको बताइएको छ ।
पालिकाहरुमा भागबण्डा मिलाउनेका लागि यसअघि आइतबारको बसेको बैठक पनि विनानिष्कर्ष टुंगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्