Ads

सिट बाँडफाँडमा सत्ता गठबन्धनमा कुरा मिलेन, आज फेरि बालुवाटारमा बैठक


काठमाडौं । स्थानीय तहकाे निर्वाचनकाे २४ दिन मात्र बाँकी रहँदा पाँच दलीय सत्ता गठबन्धनले सिट बाँडफाँड गर्न सकेकाे छैन।

६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलबीच सिट भागवण्डाका लागि आइतबार यता हरेक दिन बैठक बसे पनि अनिर्णित छ।

विशेषगरी महानगरमा सिट बाँडफाँटका विषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति नहुँदा सोमबारकाे बैठक अनिर्णित बनेकाे थियाे।

कांग्रेसले काठमाडाैं, ललितपुर र विराटनगरसहित पाेखरामा पनि दाबी गरेकाे छ। तर, एकीकृत समाजवादीले पाेखरामा दाबी गरिरहेकाे छ। पाेखरामा तत्कालीन एमालेले जितेकाे थियाे।

एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले वक्तब्य जारी गरी पाेखरामा मेयर आफूले नपाए एमालेसँग मिल्न सक्ने चेतावनी दिइसकेका छन्।

Ads

सम्बन्धित पोष्टहरू