Ads

एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ : प्रचण्ड


चितवन। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको विकासले देशभरका जनतालाई आकर्षित गरेको बताउनु भएको छ ।

सी बीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माणको शनिबार शिलान्यास गर्दै उहाले यहाँको विकास हेर्न अहिले धेरै स्थानबाट आउने गरेको दाबी गर्नु भएको हो ।

उहाँले एमालको महाधिवेशनमा आएका नेता तथा कार्यकर्ताले समेत यहाँको विकास हेरेर गएको उल्लेख गर्नुभयो । ‘प्रचण्डको निर्वाचन क्षेत्रमा विकास भएको कुरा एमालेजनले थाहा पाएका छन्’, उहाँले भन्नुभयो । अध्यक्ष दाहालले एमालले चितवनमा महाधिवेशन गर्नुलाई सकरात्मक रुपमा लिएको बताउनुभयो । । ‘एमालेको कार्यक्रमलाई सकरात्मक रुपमा लिन्छु, यस्तै कार्यक्रमहरु चितवनमै गर्न अन्य राजनीतिक दलहरुलाई समेत आह्वान गर्छु ।’

अध्यक्ष दाहालले एमालले महाधिवेशन गरेर देशको राजनीतिको केन्द्र चितवन बनेको प्रमाणित भएको बताउनुभयो । ‘एमाले कार्यकर्ताले चितवनको विकास मात्र देखेर फर्किएका छैनन्, चितवन जिल्लामा राजनीतिक महत्व के हो भन्ने कुरा स्थापित गरेको छ’, अध्यक्ष दाहालले भन्नुभयो ।

यसैविच अध्यक्ष प्रचण्डले चितवनमा भएको एमाले महाधिबेशनलाई कुम्भमेलाको शंज्ञा दिनुभएको छ । अध्यक्ष प्रचण्डले चितवनबाट एमाले मण्डलेहरुको मोर्चामा पतन भएको समेत आरोप लगाउनुभयो।

माओवादी केन्द्र सम्बद्ध पत्रकारहरुको संगठन प्रेस सेन्टरको राष्ट्रिय सम्मेलनको चितवनमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाउनु भएको हो ।

अध्यक्ष प्रचण्डले पञ्चर्‍याली जस्तो पैसाको बलमा धाक धम्की दिएर गरिएको कुम्भ मेलाको कुनै अर्थ नरहेको समेत दाबी गर्नुभयो ।

एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ
त्यस्तै अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषय गठबन्धन र राजनीतिक दलहरुबीच सहमतिका आधारमा मात्र हुने बताउनुभयो ।

महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशंका भइरहेको भन्दै प्रचण्डले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वान गर्नुभयो ।

प्रचण्डले भन्नुभयो– एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ । एमसीसीको बैठक र संसद बैठक एकैदिन पर्नु संयोगमात्र हो । आधारमा महाअभियोग लगाउने वा नलगाउने निर्णय हुन्छ । गठबन्धन भत्किदैन ।

हिजो क्रान्तिमा बन्दुक प्रमुख हुन्थ्यो, अहिले कलम

अध्यक्ष प्रचण्डले बन्दुक छोडेर कलमले क्रान्तिको नेतृत्व गर्ने अवस्था आएको बताउनु भयो ।
उहाँले भन्नुभयो-हिजो क्रान्तिमा बन्दुक प्रमुख हुन्थ्यो, अहिले कलम प्रमुख भएको छ । गत बर्ष पनि संविधान उल्टाउने प्रयास भयो । अहिले पनि प्रतिक्रियावादी चलखेल गरि रहेका छन् । त्यही भएर सञ्चारकर्मीहरु चनाखो बन्नुपर्ने समय आएको छ ।

Ads

सम्बन्धित पोष्टहरू