कपिलवस्तु। कपिलवस्तुको बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित समसेर दल गणभित्र गोली चल्दा महिला सिपाही गम्भीर घाइते भएकी छन् ।
बुधवार साँझ ७ बजे भएको गोली प्रहारबाट कोपिला राजवंशी नाम गरेकी सिपाही घाइते भएकी स्रोतले बताएको छ ।
स्रोतको अनुसार घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको बताइएको छ । घटनाको विषयमा प्रहरीले कुनै तथ्य सार्वजनिक गरेको छैन ।
प्रहरीले घटनाको विषयमा पछि जानकारी दिने बताएको छ ।
घाइतेको छातीबाट छिरेको गोली पिठ्युबाट निस्केको सैनिक श्रोतले बताएको छ। घाईतेलाई अहिले थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएको लुम्बिनी प्रादेशिक अस्पताल श्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्