Ads

पुरेन्द्र लाखे : गोदावरी नगरपालिकाकाे नेतृत्व गर्ने ईच्छा


ललितपुर  । २०४२ सालमा तत्कालिन नेकपा मालेको भूमिगत संगठन बिस्तारका एकजना संगठक पुरेन्द्रबिक्रम लाखेले गोदावरी नगरपालिका ललितपुरको मेयरमा दाबी गर्नुभएको छ ।
३६ वर्षदेखि निरन्तर पार्टीमा सक्रिय लाखे हालसम्म पार्टीका अन्य कमरेडहरुलाई चुनाव जिताउन लागिपरेको तर अब यस पटक आफूले जित्नु पर्ने दाबी सहित मैदानमा आउनुभएको छ । उपत्यकाको काठ क्षेत्रको यो नगरपालिका विकासका दृष्टिले पछि परेको उहाँको भनाइ छ । ‘नगरको हालको नेतृत्वले गर्न सक्ने जति काम गर्न सकेन’ लाखे भन्नुहुन्छ ‘राजधानी सहरसँगैको नगरपालिका भए पनि हामी सहरी सुविधाबाट बञ्चित छौं । नगरको मेयरको रुपमा आउने मौका पाएमा पाँचवर्षमा गोदावरीको स्वरुप परिवर्तन हुने गरी काम गर्नसक्छु । ’
आफ्नो विगत,वर्तमान र भविष्य तीनवटै कुराले मेयरमा दाबी उपयुक्त भएको उहाँको भनाइ छ । प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल स्थापना भएका बखतको ललितपुर जिल्ला सदस्य,युवा संघको केन्द्रीय सचिवायल सदस्य र खेलकुद विभागको प्रमुख भएर लाखेले काम गरिसक्नु भएको छ । कराँतेका ‘सेभेन डन’ खेलाडी लाखे अहिले मदन भण्डारी स्पोर्टस एकेडेमीको स्थापना कालदेखि निरन्तर महासचिव हुनुहुन्छ । लाखे पार्टीको बागमती प्रदेश कमिटी सदस्य पनि हुनुहुन्छ । लाखे राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य पनि हुनुहुन्छ ।
कराँतेको खेलाडी भएका कारण लाखेले केही समय एमालेका तत्कालिन महासचिव मदन भण्डारीको सुरक्षा कमाण्डर भएर काम गर्ने मौका समेत पाउनुभएको थियो । ‘२०४८ सालको आम निर्वाचनमा मेरो कमाण्डमा १२ जनाको टोली मदन भण्डारीको सुरक्षामा खटिएको थियो’ लाखे सम्झनुहन्छ । मदन भण्डारीले तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई निर्वाचन हरांएर आफू विजयी भएको समाचार लाखेले दिनुभएको थियो । ‘ कमरेड चुनाव जित्नु भयो नि भनेर तीन पटक कराउँदा पनि उहाँले किताब पढिरहनु भयो । अन िमैले हातले कोट्याएर कमरेड चुनाव जित्नु भयो नि भने’ लाखे भन्नुहुन्छ ‘अनि मदनले भन्नुभयो कमरेड एउटा जितमा धेरै उत्साही हुनु पर्दैन ।यस्ता हजारौं जीत जित्नुछ । ’
भण्डारीले भनेका तीनै हजारौं जित मध्ये एउटा जीत जीत्ने रहर यसपाली लाखेलाई छ । गोदावरीका हजार सम्भावनालाई केलाएका लाखे यहाँका हर समस्यालाई सम्भवनामा बदल्न चाहनुहुन्छ । ‘मेरो नगरपालिकामा धेरै समस्या छन् तर तिनलाई सम्भवनामा बदल्ने हैसियत मैले राख्दछु’ एमाले केन्द्रीय कार्यलयमा आइपुग्नुभएका लाखेले यो बेलासँग भन्नुभयो ‘विविध भाषी र समुदायसाग मेरो पकड राम्रो छ । मलाई गोदावरीका बासिन्दाले ५८ वर्ष देखि निरन्तर देखेका छन् । उहाँहरुको दुखसुखमा छ सधैं छु । त्यसैले पार्टीले मेरो उचित मूल्यांकन गर्छ पनि विश्वस्त छ । ’

Ads

सम्बन्धित पोष्टहरू