Ads

स्थानीय तहका उम्मेद्वार टुंगो लगाउन एमाले सचिवालयको बैठक


काठमाण्डौ ।
महानगर र उपमहानगरका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ ।

प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज दिउसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने भएको हो ।

बैठकले निर्वाचन सम्बन्धी अन्य केही महत्वपूर्ण निर्णय समेत गर्ने रिजालले जानकारी दिए ।

स्थानीय तहको निर्वाचन नजिकिएसंगै सबै दलहरुलाई उम्मेद्वार छनौटको चटारो परेको छ । धेरै स्थानीय तहमा उम्मेद्वारी दिने जन निर्वाचीत जनप्रतिनिधिहरुले राजिनामा दिइसकेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू