Ads

भरतपुरमा कांग्रेसका पूर्वसांसद पौडेल स्वतन्त्र उठ्ने


चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका कांग्रेस नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले मतपत्रमा रुख नभए पनि चारतारे झण्डा बोकेर मत माग्ने बताएका छन् ।

भरतपुरको प्रमुख माओवादीलाई दिने पार्टी निर्णयको विरुद्धमा आयोजित भेलाबाट स्वतन्त्र उम्मेदवार छानिएपछि पौडेलले आफ्नो चुनाव चिन्ह जे भएपनि कांग्रेसका कार्यकर्ताहरूले भोट दिने बताए ।

पौडेलले भने  ‘भरतपुरमा कांग्रेसले रुख छाड्यो । कांग्रेसले रुख छाडेपनि कांग्रेसीले चारतारे झण्डा छाडेका छैनन् । स्वतन्त्र उम्मेदवारको चिन्ह के हुन्छ प्राविधिक कुरा हो । हजारौं कांग्रेसीको उपस्थितिमा भोली उम्मेदवारी दर्ता हुन्छ । चारतारे झण्डा बोकेर हामी जनतामा जानेछौं’।

Ads

सम्बन्धित पोष्टहरू

अमेरिकामा मनाइयो छठ
अमेरिकामा मनाइयो छठ
कार्तिक २३, २०८१