Ads

माओवादी केन्द्रले प्रतिवद्धतापत्र नबनाउने


काठमाडौं। स्थानीय तह निर्वाचनकालागि माओवादी केन्द्रले केन्द्रबाट घोषणा पत्र वा प्रतिवद्धता पत्र नबनाउने भएको छ।

स्थानीयस्तरबाटै घोषणा पत्र बनाउनका लागि स्थानीय कमिटीलाई अधिकार दिइएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए। केन्द्रले दिएको अधिकार अनुसार स्थानीय तहले अपिललाई मार्गदर्शन मानेर घोषणा पत्र बनाउने भएको हो।

एक टोल एक उद्यम–एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबी निवारण जास्ता कार्यक्रम लागू गर्ने माओवादीले जारी गरेको अपिलमा उल्लेख छ।

माओवादी केन्द्रले गत चैत २२ गते अपिल सार्वजनिक गरेको थियो।

 

Ads

सम्बन्धित पोष्टहरू