Ads

उम्मेद्वारको संख्या सबैभन्दा बढी मधेश प्रदेशमा


काठमाण्डौ । काठमाडौ । स्थानीय तहको निर्वाचनका लागि लाखभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार र सोमबार गरिएको मनोनयनको संख्या १ लाख ४ हजार भन्दा बढि रहेको निर्वाचन आयोगले जनाएको छ ।

मनोनय गर्ने उम्मेद्वारको संख्या सबैभन्दा बढी मधेश प्रदेशमा रहेको छ । मधेश प्रदेशमा २४ हजार १ सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी प्रदेश १ मा १८ हजार ४ सय ९९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै लुम्बनी प्रदेशमा १७ हजार सात सय २० जनाले, बागमती प्रदेशका स्थानीय तहमा १७ हजार २ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

आयोगको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा ९ हजार २० र कर्णाली प्रदेशमा ८ हजार नौ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

सबैभन्दा कम गण्डकी प्रदेशमा ८ हजार ५ सय २३ जनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू