काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धेरैदलहरु एजेण्डा विहिन बनेको बताएका छन् ।
मनमोहन अधिकारीको २३ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीयतहको निर्वाचनमा आफ्ना एजेण्डा भन्न नसक्ने अवस्थामा कतिपय दलहरु पुगेको टिप्पणी गर्दै मतदालताले दलको विगतको काम र आगमी रणनीति हेरेर मत दिनुपर्ने आवश्यक ता औल्याए ।
ओलीले भने दलहरुसंग गएको ५ वर्षमा भन्न लायक काम गरेको कुनै उदारहण र अभ्यास छैन भने आगामी दिनको कार्ययोजना पनि छैन ।
मतदातालाई झुक्याउन नहुने भन्दै उनले कसले कति काम गरेको छ भन्ने बारे मतदाता जानकार रहेको बताए । मतदाताले काम गर्ने पार्टी र उम्मेद्वार रोज्ने भन्दै उनले नजिकिएको स्थानी तह निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने बताए ।
विगतको काम नेकपा एमालेका जननिर्वाचित प्रतिनिधिले राम्रो गरेकै कारण आगामी निर्वाचनमा पनि एमालेका उम्मेद्वार बिजयी बन्ने उनको दावी छ ।
एमालेले आफ्नो घोषणा पत्रमा सबै कुरा स्पष्ट लेखेको र लेखे अनुसारको काम गरेर देखाउने भन्दै ओलीले अरु पार्टीको घोषणा पत्रका बारेमा धेरै टिप्पणी नगर्ने बताए ।
यसैवीच कांग्रेसको घोषणापत्र विचार शून्य गाली पुराण भएको उनको भनाई थियो । ‘कांग्रेस सभापतिजी, प्रधानमन्त्री शेरबहादुरजीले यस्तै काम गर्नुहुन्छ र हामीलाई सजिलो पर्छ ।
कांग्रेसको नेतृत्व यस्तो भइरहोस् । गतिलो सरकार भयो भने हामीलाई अझ मेहनत गर्नु पथ्र्यो नि,’ उनले भने, ‘कांग्रेसको चुनावी घोषणापत्र लद्दु विद्यार्थीको चिट चोराइ जस्तो छ ।
प्रतिक्रिया दिनुहोस्