चितवन। चितवनको नारायणगढस्थित कमलनगरमा भिषण आगलागी भएको छ ।
राती २ बजे तुल्सिराम सापकोटाको चार तल्ले घरको पहिलो तल्लामा विभिन्न ब्यक्तिहरुले संचालन गरेको पसलमा आगो लागेको चितवन प्रहरीले जनाएको छ ।
दुर्गा इलेक्ट्रोनिक, कृष्ण सप्लायर्स फेशन जुत्ता चप्पल र कपडाको गोदामबाट आगो शुरु भएको हो ।
उक्त सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय, नारायणघाट र जिल्ला प्रहरी कार्यालय, चितवनबाट प्रहरी टोली खटिएको र पछि नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, स्थानिय व्यक्तिले भरतपुर महानगरपालिका, खैरहनी नगरपालिकाबाट, र नेपाली सेनाका चार वटा दमकलको सहयोगमा उक्त आगो निभाउने कार्य अहिले पनि जारी छ ।
क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्