बुटवल । युवा अर्थशास्त्री विज्ञानबाबु रेग्मीले रुपन्देहीले युरोपको मोडलमा विकास गरेको बताएका छन् ।
मुलुकको आर्थिक अवस्था, दलहरूका आर्थिक नीति, घोषणापत्रमा उल्लेख गरिएका आर्थिक नीति तथा कार्यक्रम र मुलुकको समृद्धिका अबको बाटो कस्तो हुनुपर्छ भन्ने विषयमा प्रेस चौतारी नेपाल रुपन्देहीले शनिवार युवा अर्थशास्त्री रेग्मीसँग अन्तक्र्रिया गरेको थियो ।
आफू बुटवल आएर यहाँको विकासको अवस्थाबारे अध्ययन गर्दा रुपन्देहीकै मोडलमा अन्य जिल्लाहरूको विकास हुन सके मुलुकमा विकासको लहर आउन धेरै समय नलाग्ने उनले बताए ।
रुपन्देहीबाट सिंगो मुलुकले विकासको पाठ सिक्न सक्ने भन्दै उनले अन्तर्राष्ट्रियस्तरको विकास गरेकोमा जनप्रतिनिधिलाई उनले धन्यवाद समेत दिए ।
उनले भने ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–भैरहवा ६ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थल, सिद्धबाबा सुरुङ मार्गलगायतका ठूला आयोजनाहरु यहाँ सञ्चालनमा रहेछन्, यस्ता आयोजनाहरू देख्दा यहाँको विकास युरोपकै मोडलमा भएको देखिएको छ, ।’
प्रतिक्रिया दिनुहोस्