Ads

अवकाश पाउन लागेका डीआईजी लामा गृह मन्त्रालयद्धारा एआईजीमा सिफारिस


काठमाडौं। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ। आज(शुक्रबार) बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो। निवर्तमान आईजीपी शैलेश थापा क्षेत्रीको ब्याचले अवकाश पाएपछि नेपाल प्रहरीमा एआईजीका पाँच वटा दरबन्दी खाली रहेका थिए।

रिक्त दरबन्दीमध्ये एउटामा मन्त्रालयले लामालाई बढुवा गर्न सिफारिस गरेको हो। एआईजीमा बढुवा भएका लामाले उमेरहदका कारण जेठ ८ मा अवकाश पाउनेछन्।

धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेपछि थप एक एआईजीको दरबन्दी रिक्त भएको छ। हाल प्रहरीमा प्राविधिकबाहेक सहकुलबहादुर थापा, विश्वराज पोखरेल र रवीन्द्रबहादुर धानुक गरी तीन जना एआईजी छन्।

Ads

सम्बन्धित पोष्टहरू