काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्थानीय चुनावको केन्द्र मानिएको भरतपुरको चुनावी सभालाई सम्बोधन गर्न आज चितवन जाँदैछन् ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार अध्यक्ष ओली भरतपुरमा दिउँसो ३ बजे जाने कार्यक्रम छ । भरतपुरमा अध्यक्ष ओलीसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेनु दाहाल उम्मेदवार भएकाले भरतपुर सर्वाधिक चर्चित स्थानीय तह हो ।
दाहाललाई ब्रेक लगाउन कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेल मैदानमा छन् ।
एमालेले निवर्तमान प्रदेश सांसद विजय सुवेदीलाई उम्मेदवार बनाएको छ ।
अध्यक्ष ओली भरतपुर अघि दिउँसो १२ बजे बुटवलमा हुने सभालाई सम्बोधन गर्न जाने कार्यक्रम रहेको छ ।
बुटवल उपमहानगरमा नेकपा एमालेले बाबुराम भट्टराईलाई मेयरको उम्मेदवार बनाएको छ भने, सत्ता गठबन्धनबाट कांग्रेस नेता खेलराज पाण्डे साझा उम्मेदवार छन्।
बुटवलमा एमाले विगतको विरासत जोगाउन लागिपरेको छ भने, कांग्रेस एमालेलाई पराजित गरि नेतृत्व फर्काउन कस्सिएको छ।
उपमेयरतर्फ एमालेले पार्टीका केन्द्रीय सदस्य सावित्रा अर्याललाई उम्मेदवार बनाएको छ भने, गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता चीनबहादुर गुरुङलाई साझा उम्मेदवार बनाएको छ।
प्रतिक्रिया दिनुहोस्