Ads

जेठ ३ गते संघीय संसदको बैठक बोलाउन सिफारिस


काठमाडौं। संघीय संसदको बैठक आह्वान गर्नका लागि सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ ४ गते दिउसो ४ बजे संसदको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको हुँदा सोही बजेटमाथि छलफल गर्न संसद बैठक आह्वान गर्न सिफारिस गरेको हो। ४ गते प्रिबजेट छलफल हुने र अर्थमन्त्रीले जवाफ दिएपछि जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको छ।

संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू