बैतडीमा भएको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्का अनुसार सुर्नया गाउँपालिका १ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा बिक, पाटन नगरपालिका १ का १३ वर्षीय बिनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराईको मृत्यु भएको हो ।
घाइतेमध्ये अन्य ५ जनाको पाटन र गम्भीर घाइते एक जनालाई डडेल्धुरा रेफर गरिएको छ। सोमबार साँझ पाटन बजारबाट सोही नगरपालिका १ को सकारतर्फ गइरहेको से १ ज ८८८ नम्बरको जीप दुर्घटनामा परेको थियो। जीपमा चालकसहित ११ जना सवार थिए। तर जीप चालक भने फरार छन्। जीप सडकबाट करीब एक सय मिटर तल खसेको छ भने दुर्घटनाको कारण भने खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्