काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम दुई अध्यादेश जारी गरेकी छन् ।
आइतबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाएको हो ।
विज्ञप्तीमा औषधि (तेस्रो संशोधन) अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश स्वीकृत भएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्