काठमाण्डौ । स्थानीय तह निर्वाचनको चुनाव प्रचारका लागि ४८ घण्टा समय मात्र बाँकी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनावी दौडाहा अझ बढेको छ ।
विगतका दिनमा भन्दा अन्तिम समयमा अध्यक्ष ओलीको दौडधुप अझ बढेको उनको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीले आज पोखरा देखि झापासम्म चार जिल्लाका कार्यक्रमहरुलाई सम्बोधन गर्दैछन् ।
अध्यक्ष ओलीको सचिवालयले जनाए अनुसार विहान १० बजे अध्यक्ष ओली पोखरा पुग्ने कार्यक्रम छ ।
पोखरा महानगरपालिकाको चुनावीसभालाई सम्बोधन गरेर ललितपुर महानगरपालिकाको कार्यक्रमलाई सम्बोधन गर्न फेरी ओली काठमाण्डौ आउनेछन् ।
त्यस लगत्तै अध्यक्ष ओलीले किर्तिपुर नगरपालिकामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि साँझ ६ बजे अध्यक्ष ओली झापाको भद्रपुर विमानस्थलमा अवतरण गरेर आफ्नो गृहनगर दमक पुग्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्