Ads

हुम्ला,बारा लगायतका जिल्लामा झडप,दाेलखामा हवाइ फायर


काठमाडाैँ । हुुम्ला जिल्लाकाे चंखेली गाउँपालिका– २ को महादेव मावि मतदान केन्द्रमा गठबन्धन दल पक्ष  र अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षविच झडप हुँदा मतदान अधिकृत कृष्णप्रसाद आचार्य सहित तीन जना घाइते हुनुभएको छ ।

सामान्य विवादपछि झडपले उग्र रुप लिएपछि प्रहरीले झडपलाई नियन्त्रणमा लिन आठ राउण्ड हवाईफायर समेत गरेको छ । झडपमा मतदान केन्द्रमा खटिएका कर्मचारी काला रावत, स्थानीयबासी लिला शाही घाइते हुनु भएको छ । घाइतको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भई रहेको छ ।

घटनापछि केही समयका लागि मतदान कार्य स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनुभयो ।

त्यस्तै दाेलखामा हवाइ फायर भएकाे छ ।

त्यसैगरी बारामा एमाले र जसपाका कार्यकर्ताबीच झडप भएकाे छ ।

 

Ads

सम्बन्धित पोष्टहरू