Ads

स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना : मृतक संख्या १४ पुग्याे,११ घाईते


काठमाडौं । स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको छ । वालिङ १४ को सिख्रेबाट तिवारी पसलस्थित मतदान केन्द्रका लागि छुटेको जीप ग २ च ३०२६ जीप अर्खलावासमा दुर्घटनामा परेको हो । जीप पर्वत जोड्ने माथिल्लो सडकबाट ५ सय मिटर तल्लो सडकमा झरेको हो ।

गाडीमा सवार मध्ये १४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिनुभयो । १२ जना घाईतेलाई उपचारका लागि पोखरा लगिएको प्रहरीको भनाई छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा वालिङ १४ पञ्चमुल अर्खलवासका ६३ बर्षीय माया पुन, ९ वर्षका प्रबिण पुन, ५० वर्षका कुदिप कुँवर, ५० वर्षका डेमकुमारी कुँवर, ८६ वर्षकी हरिकला कुँवर, ५० वर्षका टेककला कुँवर, २५ वर्षकी भिमकला कुँवर, ७० की मुवा कुँवर, ४३ वर्षीय पोटकुमारी कुँवर, ४३ कै जानुकार कुँवर, ४२ की ज्ञानदली कुँवर, ५० की मीना कुँवर, उमेर नखुलेकी फुलदेवी कुँवर रहेका छन् ।

यस्तै, ११ जना घाईतेहरुको पोखरामा र एक जना घाईतेको वालिङमा उपचार भइरहेको छ । जसमध्ये पोखरा पठाइएको सबैको अवस्था राम्रो नरहेको प्रहरीको भनाइ छ ।

उनीहरु तिवारी पसलस्थित मतदान केन्द्रमा मतदानका लागि जाँदै गरेको स्थानीयको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू