Ads

एमाले ४ पालिकामा जित सहित अग्रस्थानमा, काँग्रेस २ र नेकपा एकीकृत २ स्थानमा विजयी 


काठमाण्डौ ।  अहिलेसम्म ८ वटा पालिकाको चुनावी नतिजा सार्वजनिक भएको छ । सर्वजनिक भएको नतिजा अनुसार नेकपा एमाले ४ स्थानमा विजयी हासिल गर्दै अग्रस्थानमा रहेको छ । नेकपा एमालेले अहिलेसम्म मनाङको चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार लोकेन्द्रबहादुर घले विजयी हनुभएको छ । घले यस अघि पनि पालिका अध्यक्ष हुनुहुन्थ्यो ।

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा निर्वाचित एमालेका कान्छा घलेले ८६१ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका छिरिङ ओङ्मा गुरुङले ७१३ मत पाउनुभएको छ ।

यसैवीच मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका छोम्पेल विष्ट ६ सय ८९ मतसहित विजयी हुनुभएको छ ।

यसैवीच मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन २ मतको अन्तरले निर्वाचित हुनुभएको छ ।

योसहित एमाले ४ गाउँपालिका जितेर पहिलो स्थानमा कायम भएको छ भने नेपाली कांग्रेस २ गाउँपालिकासहित दोस्रो स्थानमा छ ।

नेकपा एकीकृत समाजवादीबाट यसअघि नै डोल्पामा २ गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।

सूचिसहित

नेकपा एमालेले जितेका स्थानीय तह

१)  से फोक्सुण्डो गाउँपालिका – डोल्पा

२)  चामे गाउँपालिका – मनाङ

३) ङिस्याङ गाउँपालिका( मनाङ

४ ) घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह 

१) नार्पाभूमी – मनाङ

२) घरपोझोङ – मुस्ताङ

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह

१) काइके गाउँपालिका – डोल्पा

२)  छार्का साङतोङ गाउँपालिका – डोल्पा

Ads

सम्बन्धित पोष्टहरू