Ads

लुम्बिनीमा अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्रको उद्घाटन


बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्मित अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्रको उद्घाटन गरेका छन् ।

५ हजार जना क्षमताको सम्मेलन केन्द्रको २०७५ साल वैशाख १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन् ।

चार बिघा क्षेत्रफलमा निर्माण भएको उक्त सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाले आज बिहान उदघाटन गरेका हुन् ।

छाता शैलीमा बनेको सम्मेलन केन्द्रमा १० मिटर गहिराइका १४० वटा पाइल फाउन्डेसनमा निर्माण गरिएको छ ।

फाउन्डेसनमाथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको छ । सभाहलको चारैतिरबाट चाइनिज इँटाको पर्खाल छ भने हलभित्र पस्न मुख्य तीन वटा सेन्सर ढोका र ५२ वटा साधारण ढोका छन् ।

Ads

सम्बन्धित पोष्टहरू