पोखरा । पोखरा महानगरपालिकामा प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा नेकपा एमालेको अग्रता रहेको छ ।
हालसम्म ४७ हजार ४६६ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले १९ हजार ६१५ मत प्राप्त गरेका छन् । एमालेका कृष्णबहादुर थापाले १७ हजार ५१२ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार २ तथा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले १९ हजार ७७४ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्