काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक स्थानीय तहका १६ सय १३ सय कर्मचारीको सरुवा गरेको छ ।
लोकसेवा आगोगबाट स्थानीय तहमा सिफारिस भएर कार्यरत १६ सय १३ कर्मचारीको १६ सय १३ कर्मचारीको एकै पटक सरुवा मंगलबार सरुवा गरेको हो ।
मन्त्रालयका शाखा अधिकृत रविन्द्रप्रसाद पौडेलले भन्नुभयो -‘लोक सेवा आगोबाट स्थानीय तहमा सिफारिस भएर स्थायी नियुक्ति भएका र अन्तर स्थानीय तह कामकाजमा खटाउन यस मन्त्रालयबाट हालसम्म निवेदन पेश गरेका कर्मचारीलाई मन्त्रालयको निर्णय अनुसार अन्तर स्थानीय तहमा खटाइएको हो ।’
सरुवा सूची सार्वजनिक गर्दै मन्त्रालयले भनेको छ -‘मापदण्ड बमोजिम सम्बन्धित स्थानीय तहबाट प्राप्त दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएको हुँदा यस मन्त्रालयको निर्णयअनुसार कामकाजमा खटाइएका कर्मचारीलाई प्रचलित कानुन बमोजिम रमाना दिने र हाजिर गराउने कार्य निर्वाध र सहज रुपमा गराएको र सोको जानकारी यस मन्त्रालयमा गराउन हुन सम्पूर्ण स्थानीय तहमा समेत हार्दिक अनुरोध छ ।’
हेर्नोस को कहाँ ?
प्रतिक्रिया दिनुहोस्