Ads

३७ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकममा पनि गिरावट


२१ मंसिर, काठमाडौं ।
मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव १८ अ)कले घटेको छ । आइतबार ७२ अंकले घटेको परिसूचक सोमबार तीव्र उतारचढाव पछि ३२ अंकको बृद्धिमा गएर रोकिएको थियो । मंगलबार ३७ दशमलव १८ अंकले घटेर २ हजार ५ सय ८ दशमलव ९० अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६ दशमलव ८६ अंकले घटेको छ । नेप्से परिसूचकसँगै शेयर कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार साढे चार अर्ब माथिको शेयर कारोबार भएकोमा मंगलबार ३ अर्ब १२ करोडको मात्र कारोवार भएको छ ।

दिनभर भएका ४९ हजार ७४१ कारोबारबाट २३१ कम्पनीका ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट शेयर कारोबार ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँ भएको छ ।

धेरै गुमाउनेमा मंगलबार फाइनान्स र विकास बैंकका शेयरधनीहरु रहेका छन् । फाइनान्स समूह ४ दशमलव ८६ प्रतिशतले घट्दा विकास बैंक पनि करिब ३ प्रतिशतले घटेको छ ।

Ads

सम्बन्धित पोष्टहरू