काठमाडौं । आज छापावाल सुनको मूल्य ९८ हजार २ सय रुपैयाँ कायम भएको छ । बुधवार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन अर्थात मंगलबार ९८ हजार रुपैयाँमा कारोबार भएको सुन आज भने २ सयले बढेर ९८ हजार २ सय रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य रु. ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
। आज चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भई १ हजार २७५ रुपैयाँ कायम भएको छ । चाँदी अघिल्लो दिन १ हजार २७० रुपैयाँमा खरिदबिक्रिी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्