Ads

हिमाली क्षेत्रका बालबालिकालाई मोडर्ना खोप


काठमाडौं । यस अघि हिमाली क्षेत्रका १८ वर्ष भन्दा माथिका सबै नागरिकलाई खोप लगाएको सरकारले अव बालबालिकाहरुका लागि खोप उपलब्ध गराउने जनाएको छ। स्वास्थ्या तथा जनसंख्या मन्त्रालयका अनुसार हिमाली क्षेत्रका १२ देखी १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाउने तयारी गरेको हो ।

कोभ्याक्स सुविधामार्फत प्राप्त भएको एक लाख ८८ हजार डोज मोडेर्ना खोप सरकारले पहिलो चरणमा हिमाली जिल्लाका बालबालिकालाई लगाउने तयारी गरेको जनाउको छ । आगामी हप्तादेखि बालबालिकालाई मोडेर्ना खोप लगाउने गरि सबै तयारी अघि बढाएको मन्त्रालयले जनाउको छ ।

यसका लागि मन्त्रालयले हिमाली क्षेत्रको वातावरणीय अवस्थाको सुक्ष्म अध्ययन गरेर मात्रै खोप लगाउने बारे थप स्पष्ट पारिने जनाएको छ ।

तत्काल १० लाख डोज मोडेर्ना खोप आउने र जनवरी महिनाभित्र थप ४० लाख डोज माडर्ना खोप प्राप्त हुने मन्त्रालयले जनाएको छ । खोप प्राप्त भएसँगै अन्य जिल्लामा पनि बालबालिकालाई खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म १ करोड ३० लाख बढिले पहिलो मात्रको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू