काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछ । आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्न लागेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
शनिबार नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारिता भएपछि सरकारलाई बजेट ल्याउने बाटो खुलेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्