Ads

राष्ट्रपति भण्डारीद्वारा काजी कालु पाँडेको समाधिस्थलमा माल्यार्पण


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काजी कालु पाँडेको स्मृति दिवसका अवसरमा बिहीबार चन्द्रागिरि नगरपालिका–१, दहचोकस्थित पाँडेको समाधिस्थलमा माल्यार्पण गर्नुभएको छ ।

काजी कालु पाँडेको कीर्तिपुर लडाइँको क्रममा मृत्यु भएको दिनको स्मरणमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी दहचोक पुग्नुभएको हो ।

राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सदस्य कृष्णगोपाल श्रेष्ठ, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले कालु पाँडेको प्रतिमामा श्रद्धाञ्जलि अर्पण गर्नुभयो । उहाँले त्यहाँस्थित दहचोक भ्यूटावरको पनि अवलोकन गर्नुभयो ।

Ads

सम्बन्धित पोष्टहरू

वडाध्यक्ष साहको निधन
वडाध्यक्ष साहको निधन
कार्तिक ३०, २०८१