काठमाडौँ । साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार ९०० तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला रु. ९८ हजार ५०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु. ६०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार ४०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९८ हजार थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. १५ ले घटेर रु. एक हजार २७५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५१ डलर आसपास कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्