काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गरेको छन ।
आज मन्त्रालयमा उक्त चलचित्र निर्माणका निर्देशक दिनेश डिसीसहितको टोलीलाई मन्त्री आलेले आफ्नो पाँच महिनाको तलब कर कट्टी गरी रु. दुई लाख ८० हजार ९०० प्रदान गरेको हो । ‘सर्वजित’ नामक चलचित्र दलित आन्दोलनका बागलुङका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ । उक्त चलचित्र दलित महिला केन्द्र नेपालले निर्माण गर्ने तथा डिसीले निर्देशन गर्नुहुने भएको छ ।
जातीय छुवाछूत अन्त्यका लागि भगत सर्वजित विश्वकर्माले गरेका आन्दोलन तथा कामलाई उक्त चलचित्रमा समावेश गरिने दलित महिला केन्द्रले जनाएको छ । उक्त चलचित्र निर्माणका लागि रु. एक करोड २५ लाखको लागत लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्