सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख तिलक परियारले सदनमा पेस गरेको नीति तथा कार्यक्रममा मेक इन कर्णालीदेखि रङ्गशाला निर्माणसम्म समेटिएको छ ।
‘जडीबुटीजन्य वस्तुको उत्पादनमा आन्तरिक तथा बाह्य क्षेत्रको पुँजी र प्रविधि भित्र्याउँदै ‘मेक इन कर्णाली’ कार्यक्रमलाई विशेष प्राथमिकता दिइनेछ ।’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कर्णाली प्रदेशका निर्यातयोग्य रैथाने तथा प्राङ्गारिक उच्च मूल्ययुक्त वस्तुको कर्णाली पहिचान झल्किने ‘मूल्यवान्’ लोगो प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिई बजारीकरणका लागि उत्पत्तिको प्रमाणपत्र, ब्राण्डिङ्ग, लेबलिङ्ग तथा गुणस्तर लोगो प्राप्तिमा सहयोग गरिनेछ ।’
नीति तथा कार्यक्रमको पूर्णपाठ :
प्रतिक्रिया दिनुहोस्