मंसिर २२, काठमाण्डौ
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण हुने भन्दा निको हुनेको संख्या बढि देखिएको छ । पहिलेको तुलनामा निको हुने संख्या बढिरहेको समयमा पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोरोना संक्रमण हुँदा ३ सय ६६ जना कोरोनाबाट मुक्त भएका छन् ।
आम नागरिकमा आएको कोरोनासम्वन्धि सचेतना, पालना भएको स्वास्थ्या सुरक्षाका मापदण्ड लगाएतका कारण कोरोनाबाट संक्रमण हुनेको संख्यामा कमि आईरहेको छ भने निको हुने दरपनि बढेर गएकोछ ।
कोरोनाबाट निको हुने दर बढिरहेपनि केहीदिनदेखी कोरोनाको नयाँ भाइरस ओम्रिकोन आएसंगै फेरी स्वास्थ्या सुरक्षा अपनाउन स्वास्थ्या तथा जनसंख्या मन्त्रालयले अनुरोध गर्दै आएको छ । मन्त्रालयले विगतको भाइरसभन्दा शक्तिशाली भाईरसका रुपमा ओम्रिकोन आएका कारण यसबाट सुरक्षित रहन सबैलाई अनुरोध गरिरहेको छ ।
यसैबीच पछिल्लो चौविस घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नौ हजार १६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन हजार छ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७।८ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ३६६ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४७ पुगेको छ ।
यसैगरी देशभर हालसम्म छ हजार २३९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ८३ हजार १३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्