Ads

कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्ने


काठमाडौं, मङ्सिर २२ गते ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० मा कार्यारत एक अधिकारीले कोभिडविरुद्धका खोपले नयाँ भेरिएन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएका छन् ।

दक्षिण अफ्रिकाको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ भेरिएन्टले फाइजर खोपलाई आंशिक रूपमा छल्न सक्ने देखिएपछि डब्ल्यूएचओका डा। माइक रायनले यस्तो प्रतिक्रिया दिनुभएको हो । ‘हामीसँग धेरै प्रभावकारी खोपहरू छन् जुन अहिलेसम्म गम्भीर बनाउने र अस्पतालमा भर्ना गराउने सबै प्रकारका भेरिएन्टविरुद्ध प्रभावकारी सावित भएका छन्।

प्रारम्भिक तथ्याङ्क अनुसार ओमिक्रोनले मानिसलाई डेल्टा भेरिएन्टभन्दा बढी बिरामी नपार्ने देखिएको छ ।

प्रोफेसर सिगलले खोप अझै पनि यो भेरियन्टविरुद्ध प्रभावकारी हुनसक्ने दाबी गर्नुभएको हो । उहाँका अनुसार अध्ययनले कोरोनाको नयाँ भेरिएन्टविरुद्ध बुस्टर ९अतिरिक्त भ्याक्सिन० डोज महत्वपूर्ण कदम हुनसक्ने देखिएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार सन् २०२० मा महामारी सुरु भएयता विश्वभर ५० लाखभन्दा बढीले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन्।

Ads

सम्बन्धित पोष्टहरू