काठमाडौं
१४ औं महाधिवेशनको अन्तिम तयारीमा लगेको नेपाली काँग्रैसको केन्द्रयि समति बैठक बोलाएको छ ।
आन्तरिक किचलोका र विभिन्न समुहमा विभाजित भएर चुनावी प्रचारमा लागेको नेताहरुलाई एकीकृत गर्दै अगाडि जानुपर्ने चुनौतिकाबीच केन्द्रयि समिति बैठक बस्न लागेको हो ।
काँग्रेस महाधिवेशनमा वर्तमान सभापति शेर बहादुर देउवाले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् भने अर्को समुह अर्थात रामचन्द्र पौडेल पक्षबाट को सभापति बन्ने भन्ने टु«गो लाग्न सकेको छैन । यसैविचमा निर्वाचनको अन्तिम तयारीमा लागेको बाँग्रेसको बिहिबार बस्ने केन्द्रयि समिति बैठकलाई महत्व्का साथ हेरिएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना प्रकाशन गरी बिहीबार विहान साढे ११ बजे केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिएका छन् । नेताहरुका अनुसार महाधिवेशन तयारीका विभिन्न विषयमा छलफल गर्न बैठक बोलाइएको हो । कांग्रेस महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ । केन्द्रीय समिति बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्