काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ ।
पार्टी मुख्यालयमा बसेको वर्तमान कार्यसमितिको अन्तिम बैठकले महाधिवेशनसम्बन्धी तीन प्रतिवेदन पारित गरेको हो । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महामन्त्रीद्वयको तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा सांगठानिक प्रतिवेदन पेस गरेका थिए। उक्त प्रतिवेदन केही रायसहित पारित गरेको शर्माले जानकारी दिए ।
कोषाध्यक्षका तर्फबाट लेखासम्बन्धी प्रतिवेदन पेस भएर पारित भएको छ । प्रतिवेदनअनुसार कांग्रेससँग हालसम्म १० करोडभन्दा बढी रकम कोषमा संचित रहेको उल्लेख गरिएको बताइएको छ । नीति अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पेस भएर पारित भएको छ।
प्रतिक्रिया दिनुहोस्