काठमाडौं । आर्थिक वर्ष २०७९र८० को बजेट प्रतिनिधि सभाको आजको बैठकबाट पारित गर्ने तयारी छ ।
त्यसका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।
बजेट पारित भएपछि नयाँ आर्थिक वर्षमा सरकारी ढुकुटीबाट खर्च गर्ने बाटो खुल्दछ ।
प्रतिक्रिया दिनुहोस्