पाेखरा । गण्डकी प्रदेशले सरकारले ३५ अर्ब ९० करोडको बजेट ल्याएको छ ।
गण्डकी प्रदेश सरकारले झण्डै ३६ अर्ब रुपैयाँको आयव्ययको अनुमानित विवरण बजेट सार्वजनिक गरेको हो । प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आज प्रदेशसभा बैठकमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरे ।
अनुमानित बजेटअनुसार आगामी आर्थिक वर्षमा २२ अर्ब १४ करोड रुपैयाँ पुँजीगत खर्च हुनेछ भने बाँकी चालुतर्फ खर्च हुने छ । यसैगरी सो बजेटबाट २ अर्ब रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरण हुनेछ ।
कुल बजेटमध्ये ८८ करोड २५ लाख रुपैयाँ प्रदेशलाई व्ययभार पर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्