Ads

दलहरुले खेलमा जस्तै स्वच्छ प्रतिष्पर्धा सिक्नुपर्छ : एमाले उपाध्यक्ष पौडेल


बुटवल । पूर्व उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले खेल प्रतिष्पर्धाबाट दलहरुले स्वच्छ राजनीतिक प्रतिष्पर्धा सिक्नुपर्ने बताउनुभएको छ ।
मदन भण्डारी स्पोटर्स एकेडेमीको छात्राछात्रा भलिबल प्रतियोगिताको शनिबार बुटवलमा उद्घाटन गर्दै उहाले राजनीतिमा देखिएको स्वार्थ र अस्वस्थ प्रतिष्पर्धा हटाउन खेलका विधि र तरिकाहरुलाई जस्तै स्वच्छ विधि अवलम्बन गर्नुपर्ने बताउनुभयो । यसका लागि युवाहरु र अन्य क्षेत्रबाट समाजमा भूमिका खेलेका व्यक्तिहरुको पनि ठूलो सहयोग चाहिने उहाले बताउनुभयो ।
खेल स्वास्थ्य, अनुशाशन, मनोरन्जन र प्रतिष्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताउदै उहाले सबैका लागि खेल गतिविधि गरिनु पर्ने बताउनुभयो । एमाले सरकारले खेलको विकासका लागि प्रदेश स्तरीय खेलमैदान , एक पालिका एक खेलमैदान कार्यक्रम र खेल पूर्वाधारको स्तरोननति गरेको उहाले सम्झनुभयो ।
पौडेलले बुटवलमा अन्तराष्ट्रि स्तरको खेलकुद कम्प्लेक्सको माग भएको बताउदै त्यसको निर्माणका लागि आफूले् अगुवाइ गर्ने बताउनुभयो । ‘खेल मैदान, खेल पूर्वाधार अभावमा खेलाडीहरुले गतिविधि गर्न नपाउने अवस्था हुनु ह“ुदैन । ’उहाले भन्नुभयो । प्रतिश्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारबाट प्रभावित मदन भण्डारी एकेडेमीले खेल गतिविधि गर्न देश युवाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेसनल नेपाल अस्पताल काठमाडौंका अध्यक्ष डा. प्रकाश पौडेलले एकेडेमीका खेलाडी र सदस्यलाई उपचारमा २५ प्रतिशत छुट र एम्बुलेन्स छुट सहितका सुबिधाको घोषणा गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष ध्रुब आचार्यले ७१ औं मदन जयन्तीका अवसरमा भएका प्रतियोगिता र खेल गतिविधिबारे जानकारी दिनुभयो । प्रतियोगिता संयोजक बुद्धी बश्यालले प्रतियोगिताबारे जानकारी दिनुभयो ।

Ads

सम्बन्धित पोष्टहरू