Ads

एसपीपीबारेकाे ओरिजिनल पत्र देखाऊ : एमाले अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुने तत्कालीन प्रधानसेनापतिले लेखेको पत्रमा मिति संशोधन गरिएको बताएका छन् ।

मंगलबार मदन भण्डारी जयन्तीको अवसरमा  आयोजित कार्यक्रममा ओलीले २७ अक्टोबर २०१५ मा आफू प्रधानमन्त्री भएको बेला पत्र पठाएको भनिए पनि त्यसअघि नै पत्र पठाइसकेको हुन सक्ने बताए ।

अध्यक्ष  ओलीले आफूलाई बद्नाम गर्ने उद्देश्यका साथ टिपेक्स लगाएर पत्र सार्वजनिक गरिएको बताए । उनले भने, ‘म प्रधानमन्त्री हुनु भन्दा अगाडिको हुनसक्छ । टिपेक्स लगाएर हातले लेखेको स्पष्ट हुन्छ । हातले नलेखेको कहिलेको मितिमा पठाएको हो, त्यो ल्याऊ । ओरिजिनल पत्र देखाऊ ।’

उनले प्रश्न गरे  ‘म प्रधानमन्त्री नहुँदै अमेरिकी एम्बेसीमा पठाएको हो, अमेरिकी एम्बेसीले पनि सत्य बोलोस् नभए चलानी नम्बर किन हातले लेखेको ?’

Ads

सम्बन्धित पोष्टहरू