Ads

महासंघको बैठक बहिस्कार


काठमाडौं । नेपाल पत्रकार महासंघका १७ जना केन्द्रीय सदस्यहरुले  केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् ।

बिबादित अवार्ड प्रकरणमा उनीहरुले अध्यक्ष विपुल पोखरेलको नैतिकतामा प्रश्न उठाउँदै बैठक बहिष्कार गरेको जनाएका हुन् ।

कपिलवस्तुको तिलौराकोटमा महासंघको केन्द्रीय समिति बैठक आयोजना गरिएको छ ।

केन्द्रीय सदस्यहरु बैठक कक्षबाट बाहिरिएपछि महासंघको केन्द्रीय समिति बैठक औपचारिक रुपमा सुरु हुन सकेको छैन । सहमतिको प्रयासमा अहिले पदाधिकारीहरुको बैठक बसिरहेको छ ।

महासचिव रोशन पुरीले अध्यक्ष पोखरेललाई बैठकको अध्यक्षता गरिदिन आग्रह गर्नासाथ केन्द्रीय सदस्यहरुले मिडिया अवार्ड प्रकरण विषयमा प्रश्न उठाउँदै  सम्बोधन नभएसम्म बैठक सुरु हुन नसक्ने बताए ।

केन्द्रीय सदस्यहरु रामकृष्ण अधिकारी, बबिन शर्मा, माधव पौडेल, शान्तराम बिडारी लगायत बैठक कक्षबाट बाहिरिएका छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलले मिडिया अवार्डको आयोजक ड्रिम हाइसँग तीन लाख रुपैयाँ लिएर सहकार्य गरेका थिए । सो अवार्ड अधिकांश पत्रकारहरुले बहिस्कार गरेका थिए । अवार्डमा महासंघको संलग्नताबारे प्रश्न उठेपछि महासंघकी सचिव सिर्जना अर्यालले विज्ञप्ति जारी गर्दै संलग्नता नरहेको बताएकी थिइन् ।

Ads

सम्बन्धित पोष्टहरू