Ads

मूल्यबृद्धिविरुद्ध देशभर अखिलको आक्रोश


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट अनेरास्ववियुले देशभर आक्रोश पोखेको छ । उक्त संगठनले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ ।

काठमाण्डौमा शंकरदेव क्याम्पसअगाडि अनेरास्ववियुका विद्यार्थी भेला भएर प्रधानमन्त्रीको पुत्ला जलाए।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले बलसमेत प्रयोग गरेको छ ।

उता मूल्य बृद्धि बिरुद्ध हरेक पटक कडा प्रतिकृया जनाउने बुटवलमा पनि बिद्यार्थीहरुले आक्रोश ब्यक्त गरेका छन् ।

अनेरास्ववियु रुपन्देही जिल्लाले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा आज बुटवलमा प्रधानमन्त्रीको पुत्ला जलाएको छ।सो क्रममा अनेरास्ववियु केन्द्रीय सदस्यहरु साजन भण्डारी,नवीन थापा,रुपन्देही जिल्ला अध्यक्ष शेषकान्त पोख्रेल ,उपाध्यक्ष रमेश ढकाल,सचिब प्रकाश पराजुली लगायतले मूल्यबृछि फिर्ता हुनुपर्ने बताएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू