Ads

केन्द्रको निर्णय अनुसार लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्छ : मुख्यमन्त्री केसी


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले केन्द्रको निर्णयअनुसार नै लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्ने बताएका छन् ।

आज(शुक्रबार) सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुने स्पष्ट पारेका हुन् । “केन्द्रमा गठबन्धन बन्नुअघि नै लुम्बिनीले त्यसको सुरुआत गरेको हो,” उनले भने । गलतधारका विरुद्ध सही धार स्थापनाका लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको उनको भनाइ थियो ।

नेपालमा गठबन्धन संस्कार निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले सचेततापूर्वक वर्तमान गठबन्धनलाई बचाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि दाङ हुँदै गृहजिल्ला रोल्पा आउनुभएका मुख्यमन्त्री केसीले रोल्पा नगरपालिका–७ दारबोटमा निर्मित प्रहरी चौकी भवनको समेत उद्घाटन गरेका छन् ।
– रासस

Ads

सम्बन्धित पोष्टहरू