Ads

गाडी रोक्दै,माक्स बाँढ्दै


भैरहवा । आफ्नो २४ औं स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी नेपाल, रुपन्देही शाखाले शनिबार स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ ।
बुटवल, भैरहवा र सैनामैनामा मास्क वितरण गरिएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले बताए ।

बुटवलमा आयोजित कार्यक्रमहरुमा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव भरत के.सी.ले कोभिड–१९ महामारीबाट बच्न र बचाउन मास्क वितरण कार्यक्रम प्रभावकारी भएको बताए । केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज प्रदिप आचार्य, रुपन्देही जिल्ला अध्यक्ष पौडेल, नेकपा (एमाले) बुटवल उपमहानगरपालिका कमिटी अध्यक्ष किसन ज्ञवाली लगायतले स्वास्थ्य मापदण्ड पालना गरेर कोरोना महामारीबाट आफू पनि बच्न र अरुलाई पनि बचाउनपर्नेमा जोड बताए ।

शनिबार भैरहवामा पनि स्वास्थ्य सचेतना कार्यक्रम गरिएको सह–सचिव रबिन्द्र प्रताप गुप्ताले बताए ।  प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य कुलमणि ज्ञवालीले मास्क हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ कार्यक्रम गरेका थिए । कार्यक्रममा प्रेस चौतारी नेपाल रुपन्देहीका पूर्व उपाध्यक्ष अरुण ज्ञवाली, कार्यसमिति सदस्य मोहम्मद हबिब, पत्रकार दीपेश पछाई, शशि पन्थी, महेश गुप्ता, श्री रायमाझी, आयुश अधिकारी, भीम भण्डारी, सचिन्द्र तुलाधर लगायतको उपस्थिति रहेको थियो ।

सैनामैनाको मुर्गियामा स्वास्थ्य सचेतना कार्यक्रम गरिएको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले मास्क हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सचिव  के.सी., एमाले सैनामैनाका अध्यक्ष चेत नारायण न्यौपाने,केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज प्रदिप आचार्य, केन्द्रिय सदस्य युवराज पाण्डे, रुपन्देहीका सचिव केशव भण्डारी,इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका प्रमुख जीवन लामिछाने, सैनामैना व्यापार संघका अध्यक्ष गणेश प्रसाद भुसाल,प्रेस चौतारी नेपाल रुपन्देहीका सह–सचिव दिपक न्यौपाने,जिल्ला सदस्य टिकाराम खरेल लगायतको सहभागिता थियो ।

Ads

सम्बन्धित पोष्टहरू