तात्कालिन अर्थमन्त्री पौडेलले २०७७ मंसिर १ गते सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँको बजेटको स्रोत सुनिश्चितता गर्दै मन्त्रिपरिषदबाट निर्णय गराएका थिए ।
खबरपोस्ट समाचारदाता
काठमाडौैं । मृत्यु मार्गका रुपमा बदनाम बुटवल-पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बन्ने सुनिश्चित भएको छ ।
बर्षौंदेखिको बहस,अध्ययन,आलोचना र चुनावी नाराविच अल्झिएको यौटा महत्वाकांक्षी सपनाको यो योजना अन्नत अब अघि बढ्ने भएको छ ।यसका लागि निरन्तर पहल गरेका थिए,पूर्ब अर्थमन्त्री तथा अहिलेका एमाले उपाध्यक्ष बिष्णु पौडेलले ।
नेपालमा सुरुङमार्ग अभियानमा यो कार्यन्वयनमा जाने दोश्रो अभियान हो । यसअघिको नागढुंगा सुरुङमार्ग छिट्टै सम्पन्न हुने सरकारी अधिकारीहरुको भनाई छ ।छनोट भयो चिनियाँ कम्पनी
सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी छनोट भएको छ । ग्लोबल टेण्डरको आधारमा बुटवल–नारायणगढ सडक बिस्तारको काम गरिरहेको चिनियाँ कम्पनी “चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी” सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि छानिएको हो ।
सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि गत जेठ ९ गते ग्लोबल टेण्डर आह्वान भएको थियो ।
सडक विभागका अनुसार सिद्धबाबाको सुरुङमार्ग निर्माणका लागि भएको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ कबोल गरेको छ ।
यो प्राविधिक रुपमा पास भएर आर्थिक प्रतिष्पर्धा गरेका चार कम्पनीमध्ये सबैभन्दा कम रकमको कबोल अंक भएकाले कम्पनी छनोट भएको हो ।
तर, अझै सडक विभागले ठेक्का स्वीकृत गर्ने आशयपत्र जारी गर्न भने बाँकी छ ।
तात्कालिन अर्थमन्त्री पौडेलले २०७७ मंसिर १ गते सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँको बजेटको स्रोत सुनिश्चितता गर्दै मन्त्रिपरिषदबाट निर्णय गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्