Ads

वेस्टर्न मेगा कलेजमा नयाँ विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम


बुटवल । रुपन्देही स्थित वेस्टर्न मेगा कलेजले आफ्ना नयाँ भर्ना भएका विद्यार्थीका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
अभिमुखि कार्यक्रम वर्ष २०२२ का ४ बर्षे बि.एच.एममा भर्ना भएका विद्यार्थीहरुको लागि भएको कलेजका प्राचार्य प्रसाद भटराईले जानकारी दिए ।

कार्यक्रममा बिद्यार्थीहरुलाई अध्यापन गराईने कोर्ष करिकुलम अन्र्तगतका शैक्षिक तथा प्रयोगात्मक बिषयहरु, कलेजले गराउने शैक्षिक भ्रमण, इभेन्ट म्यानेजमेन्ट, होटल भ्रमण, वाईनेरी भ्रमण तथा इन्टर्नसिप बारेमा परिक्षण दिईएको थियो ।

नेपालमा प्रयोगात्मक सिकाईका कक्षाहरुले विद्यार्थीहरुको वृतिविकासमा बिषेश योगदान पुर्याउने प्रदेश शिक्षा निर्देशनालय लुम्बिनी प्रदेश प्रमुख मनोज गैरेले बताए ।

होटल व्यवस्थापन विषय अध्ययनको महत्व तथा विद्यार्थीहरुले आत्मसाथ गर्नुपर्ने हस्पिटालिटी अनुसाशनको बारेमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टका बरिष्ठ प्रशिक्षक मनराज खत्रीले बताए ।
सहभागीलाई टाईगर प्यालेस रिर्सोटका फुड एण्ड बेभरेज म्यानेजर गोबिन्द लुईटेलले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा विद्यार्थीको पठनपाठन तथा कलेजले संचालन गर्ने अन्य गतिबिधिहरुको बारेमा कलेजका प्रयोगात्कम संयोजकसुमित रिजालले प्रशिक्षण दिएका थिए ।

कलेजको शैक्षिक सफलता लगायत यहाँसम्म आईपुग्दा गरेका संघर्ष र उपलब्धिबारे चर्चा गरेका छन् । स्थापक अध्यक्ष बाबुराम महत क्षेत्रीले विद्यार्थीको अनुशासन र सिकाई तथा कलेज व्यवस्थापन र प्रशाशनबीचको अन्र्तसम्बन्ध तथा महत्वको बारेमा चर्चा गरेका छन् ।

निकट भविष्यमा यस कलेजलाई लुम्बिनी प्रदेशकै हस्पिटालिटी क्षेत्रको शैक्षिक हबको रुपमा व्यवस्थापन गर्न कलेजकै आफ्नो पाँँचतारे होटल निर्माण गरि सञ्चालन गर्ने र बि.एच.एम अध्ययन गरेको जनशक्तिको भविश्यलाई पनि ध्यानमा राखी अगाडि बढ्ने ग्रुप अफ हस्पीटालिटीका अध्यक्ष मेघराज पन्थले बताए ।

वेस्टर्न मेगा कलेज अन्र्तराष्ट्रिय शैक्षिक गुणस्तर प्राप्त यस क्षेत्रको एक मात्र कलेज हो । शैक्षिक कार्यक्रममा किताबि ज्ञानलाई मात्र पर्याप्त नठानी प्रयोगात्मक सिकाई, अनुशासन, नैतिक तथा सामाजिक उत्तरदायित्व समेतका विषयहरुलाई यसले आत्मसाथ गरेको सह—प्राचार्य किसु शर्माले जानकारी दिए ।

८५ जना विधार्थीहरु यस वर्ष अभिमुखिकरण कार्यक्रममा सहभागी गराएको थियो । कलेजमा हाल सम्म १५० जना विद्यार्थीहरुले अध्यन गरि दिक्षित भई नेपाल लगायत भारत, अमेरीका, अस्ट्रेलिया, क्यानेडा, दुबई, थाईलैण्ड, मलेसिया तथा मालदिप्समा हस्पिीटालिटी, बितिय तथा व्यवस्थापन क्षेत्रका कम्पनीहरुमा कार्यरत रहेको समेत सह—प्राचार्य शर्माले जानकारी गएका छन् ।

कार्यक्रममा कलेजमा बि.एच.एम दोश्रो र चौथो सेमेस्टरमा अध्ययनरत विधार्थीहरुले बिभिन्न किसीमका सांस्कृतिक क्रियाकलाप प्रस्तुत गरेका थिए ।

 

Ads

सम्बन्धित पोष्टहरू