Ads

पूर्वाधार प्राधिकरणका सीईओ घिमिरेले दिए राजीनामा


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका तर्फबाट नियुक्त भएका प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले  राजीनामा दिएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि मिलेमतोबाट ठेक्का पुष्टि भएको बताउँदै आज(सोमबार) एक विज्ञप्तीमार्फत राजीनामा दिएका हुन् । “सुरु मिति देखि केही संकुचित स्पेसिफिकेसन रहेको विषय आएपछि मिलेमतो हुन सक्ने आशंकाबीच मैले सम्बन्धित निकायलाई पटक–पटक अनुरोध गरेँ” जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

२०७८ फागुनमा बसेको प्रदेश पूर्वाधार विकास समितिको बैठकको निर्णयअनुसार फागुन ८ मा भवन निर्माणको लागि टेन्डर आह्वान भएको र ‘अन्त्यमा जम्मा २ वटा कम्पनीले मात्रै बोलपत्र दर्ता गरेको सूचित भयो, उक्त जानकारी पनि कार्यालय (प्राधकिरण) ले सम्बन्धित निकायलाई दियो,’ उनले विज्ञप्तिमा भनेका छन् ।

बोलपत्र दर्ता गर्ने कम्पनीलाई ‘हार्ड कपी’ दर्ता गर्न दिइएको ३ दिनको समयमा एउटै व्यक्तिले नै दुबैवटा कम्पनीको फाइल बुझाएपछि मिलेमतोको आंशका पुष्टि भएको घिमिरेको भनाइ छ ।

उनले सात सय करोडको ठेक्कामा प्रतिस्पर्धा हुँदा र नहुँदा एक सय ५० करोडको क्षति हुनसक्ने अनुमान गर्दै देश प्रति गद्दारी गर्नु हुन्न भन्ने निर्णयसहित अस्पताल भवनको ठेक्का रद्द गरेको र राजिनामा दिएका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू