काठमाडौँ । नेपालगञ्जमा दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयवासीले प्रदर्शन गरेका छन् । कारको ठक्करबाट तीनजनाको मृत्यु भएपछि मृतकका आफन्तहरुले प्रदर्शन गरेका हुन् ।
कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएपनि उनीहरुले कारवाही र उचित क्षतिपूर्तिको माग गर्दै टायर बालेर वीपी चोकमा प्रदर्शन गरेका हुन् । चैत २७ गते प्रदेश ३ ०१(२३ च ८४८१ नम्बरको कारले नेपालगन्जको वीपीचोक नजिक बाटोमा हिडिरहेका तीनजनालाई कारले ठक्कर दिएको थियो ।
ठक्करले ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्